व्यावसायिक नैतिकता विषयक गोष्ठी हुँदै
काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट र एसोसिएशन अफ चार्टड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए)को संयुक्त आयोजनामा व्यावसायिक नैतिकता एवं प्रशासनको भूमिका विषयक गोष्ठीको आयोजना हुने भएको छ ।
८ पुसमा काठमाडौंको होटल अन्नपूर्णमा हुने गोष्ठीमा व्यावसायिक नैतिकता र प्रशासनिक निकायका विषयमा छलफल हुनेछ ।
गोष्ठीमा विशेषगरी कर्पोरेट हाउसहरुको नैतिकता, आचरण, संवेदनशीलता लगायतमा छलफल गरी व्यावसायिक कर्पोरेट हाउस निर्माणको भूमिकामा केन्द्रित हुने जनाइएको छ ।
दुईवर्ष अघिका लागि तय गरिएको गोष्ठी भूकम्पका कारण स्थगित गरिएको काठमाडौं विश्वविद्यालयका उप–प्राध्यापक हरीगोपाल रिसालले जानकारी दिए ।
गोष्ठी व्यावसायिक नैतिकताको विश्व परिपेक्षमा केन्द्रित रहनेछ । गोष्ठीमा पूर्वगर्भनर डा. युवराज खतिवडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, ब्यांक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त लगायतले आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।