रेनल्टको सुपर हिट अफर
नेपालका लागि रेनल्ट गाडीको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स प्रालिले ‘रेनल्ट सुपर हिट’ अफर सञ्चालनमा ल्याएको छ ।
यो अफर अन्तर्गत रेनल्टका कुनै पनि गाडी खरिद गर्दा ग्राहकहरुले छुट सुबिधा पाउनेछन् । जसबाट ग्राहकहरुलाई ६ लाख ५० हजारसम्म फाइदा हुने कम्पनीले जनाएको छ ।
त्यस्तै सुपर हिट अफर अन्तर्गत निःशुल्क बीमा, एक बर्षको निःशुल्क रोड ट्याक्स, दुई बर्षसम्म निःशुल्क सर्भिसिङ र एक लाख सम्मको एक्स्चेन्ज बोनस दिइने कम्पनीले जनाएको छ ।