एभरेष्ट ब्यांकको ‘एभरेष्ट स्पेशल सेभिङ’
एभरेष्ट ब्यांकले विभिन्न योजना सहित ‘एभरेष्ट स्पेशल सेभिङ’ खाता सञ्चालनमा ल्याएको छ ।
‘एभरेष्ट स्पेशल सेभिङ’ खाता खोल्ने ग्राहकहरुले निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस ब्यांकिङको सुबिधा प्राप्त गर्नेछन् ।
स्पेशल सेभिङ खाता खोल्ने ग्राहकहरुलाई डिम्याट एकाउन्ट र लकर सुबिधामा ५० प्रतिशत छुटका साथै चार प्रतिशत ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने ब्यांकले जनाएको छ ।
त्यस्तै ‘एभरेष्ट स्पेशल सेभिङ’ खाता खोल्ने ग्राहकहरुले पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा र एक लाख रुपैयाँको औषधि उपचार बीमा प्राप्त गर्नेछन् ।