संगीतकार चन्द्रराज शर्माको निधन
संगीतकार चन्द्रराज शर्माको निधन भएको छ।
आज ६ पुस विहान त्रिवि शिक्षण अस्पतलामा उपचारको क्रममा संगीतकार शर्माको निधन भएको हो। ७४ वर्षीय शर्मा उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।
'हामी नदीका दुई किनार हाम्रो संगम असम्भव छ', 'मनमा माया तनमा माया' 'आँखाहरुले रुन नखोजे', 'ए मेरी मुना नभन तेसो जुनमा फुलेकी' जस्ता चर्चित गीतमा संगीत दिएका शर्माका गीति नाटकका अधिकांश गीतहरु नारायणगोपाल र तारादेबीले गाएका छन् ।
उनले गीती नाटक मुनामदन ,शोक काब्य गौरी ,सत्यहरिश्चन्द्र ,चलचित्र कुमारी, जीवन ज्योती, भानुभक्त ,श्री स्वस्थानी आदीमा संगीत दिएका छन् ।
बि.स.१९९६ फागुन २७ मा डिल्लीबजारमा जन्मिएका शर्माले २०२१ सालमा इलाहाबादबाट संगीतमा बिम्यूज गरेका थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन्।