अर्थ/बजारबुधवार, पौष ५, २०७४

मेगा ब्यांक र टुरिजम डेभलपमेन्ट ब्यांक मर्ज हुँदै

हिमालखबर

मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट ब्यांक मर्जरमा जाने भएमा छन् ।

मेगा ब्यांकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट ब्यांक लिमिटेडलाई गाभ्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

मेगा ब्यांकको प्रतिशेयर मूल्य १०० रुपैयाँ बराबर टुरिजम डेभलपमेन्ट ब्यांकको प्रतिशेयर मूल्य ९५ कायम भएको छ । जसअनुसार टुरिजमको एक कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् ।

मर्जरपछि मेगा ब्यांकको चुक्ता पुँजी ९ अर्ब ४७ करोड हुने ब्यांकले जनाएको छ ।

प्रतिकृया दिनुहोस