यतीको विमान भैरहवामा दुर्घटना, सबै यात्रु सकुशल
यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ । २९ जना सवार उक्त विमानका यात्रु भने सकुशल नै छन् ।
काठमाडौंबाट ४ बजेर २४ मिनट भैरहवाका लागि उडेको उक्त विमान अपराह्न करिब सवा पाँच बजे भैरहवा विमानस्थलमा अवतरण गरेपछि रनवेबाट चिप्लिएर २५० मिटर पर घाँसे मैदानमा पुगेको थियो ।
दुर्घटनामा ५ जना यात्रु सामान्य घाइते भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।
विमानको सट टायर र पंखामा केही क्षती भएको छ ।
रुपन्देहीका ट्राफिक ईञ्चार्ज दामोदर मल्लले पाईलटले ब्रेक नलागेको बताएको जानकारी दिए । ।
केही दिनअघि पनि सोही बिमानस्थलमा सामान्य दुर्घटना भएको थियो ।
दीपक ज्ञवाली