उत्कृष्ट ब्राण्डको अवार्ड ‘एनआईबीएल’लाई
ब्याकिङ क्षेत्रको उत्कृष्ट ब्राण्डको अवार्ड एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडले पाएको छ ।
सीएमओ एशियाले काठमाडौंमा आयोजना गरेको एक समारोहकाबीच एनआईबीएललाई उत्कृष्ट ब्राण्डको अवार्ड हस्तान्तरण गरेको हो ।
ब्यांक, बीमा तथा वित्तीय सेवा प्रदायक कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीलाई सीएमओले ब्राण्ड अवार्ड प्रदान गर्दै आइरहेको छ ।
कम्पनीको कार्यसम्पादनका आधारमा विजेता छनोट गरिने सीएमओले जनाएको छ ।