हन्टर मोटरसाइकलका पाँच मोडल नेपालमा
नेपालका लागि हन्टर मोटरसाइकलको आधिकारिक विक्रेता राई मोटर्सले हन्टर मोटरसाइकलको पाँच नयाँ मोडलहरु भित्र्याएको छ ।
राई मोटर्सले डेटोना, क्याफे रेसर, स्पाइडर, क्रुजर र स्नाइपर गरी पाँच मोडलका मोटरसाइकल नेपाली बजारमा ल्याएको हो ।
यी सबै मोटरसाइकल ३५० सीसी क्षमताका छन् ।
हन्टर बाइकका सबै मोडलमा एडभान्स इलेक्ट्रोनिक फिउल इन्जेक्शन (इएफआई) प्रणाली रहेको छ ।
त्यसैगरी डबल सिलिन्डर, डबल कुलिङ सिस्टम (एयर र ओएल कुलिङ)को इन्जन तथा फ्रन्टमा डबल डिक्स ब्रेक जडान गरिएको छ ।
हन्टरका सबै मोडलमा दुई बर्षको निःशुल्क सर्भिस र एक वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
म्याट बल्याक, ग्लोस बल्याक, ह्वाइट, रेड र ब्लू रंगमा उपलब्ध हन्टरका सबै मोडलको बजार मूल्य रु. ६ लाख ३० हजार रहेको छ ।