सुजुकी ‘सेलिरियो’को नयाँ भर्सन
नेपालका लागि सुजुकी गाडीको अधिकृत विक्रेता सिजी मोटोकर्पले सेलिरियो प्यासेन्जर कारको नयाँ भर्सन सार्वजनिक गरेको छ ।
‘द पर्फेक्ट फ्यामिली कार’को रुपमा सार्वजनिक गरिएको नयाँ सेलिरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ ।
नयाँ सेलिरियोमा के–१० इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै २३.१ किलोमीटर प्रति लिटर माइलेज दिने क्षमता राख्ने कम्पनीले जानकारी दिएको छ ।
सेलिरियोमा १७० एमएमको ग्राउण्ड क्लियरेन्स, ४.७ मिटरको टर्निङ रेडियस, २,४२५ एमएमको ह्विल बेस, एड्जस्टेवल सिट लगायतका विशेषता रहेका छन् ।
त्यसैगरी अटो डाउन ड्राइभर पावर विण्डो, कि–लेस इन्ट्री, इलेक्ट्रिक पावर स्टेरिङ, एयर कन्डिसनिङ लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।
चार बर्षे वारेण्टी तथा ८ निःशुल्क सर्भिसिङ सुविधा सहित उपलब्ध हुने ‘सेलिरियो’को मूल्य रु. २३ लाख ३९ हजार तोकिएको छ ।