सरकारी निकायसँग गुनासो छ, ११११ मा फोन गर्नुहोस्
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ ।
सर्वसाधारणकाे गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिए ।
सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पु्र्याई तत्काल सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको कोइरालाले बताए ।
सर्वसाधारणले ११११ मा फोन गरी गुनासो राख्न सक्नेछन् ।
सरकारी निकायसँग भएका गुनासो राख्न सर्वसाधारणले हरेक दिन बिहान ७ देखि राति ९ बजेसम्म फोन गर्न सक्नेछन् ।
कल सेन्टरमा राखेको गुनासो रेकर्डसमेत गरिने व्यवस्था गरिएको छ ।
१७ कात्तिक २०६८ बाट शुरु गरिएको हेलो सरकारमा अहिले इमेल, फेसबुक र ट्वीटरमार्फत पनि गुनासो लिने गरिएको छ । रासस