कला/साहित्यशुक्रवार, मंसिर २९, २०७४

पिम्फः २० देशका ४३ चलचित्र

हिमालखबर

तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (पिम्फ) ६ पुसदेखि पोखरा सभागृहमा हुने भएको छ ।

पोखरा फिल्म सोसाइटीको आयोजनामा तीनदिनसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी गरी ४३ वटा चलचित्र प्रदर्शन गरिने महोत्वसका संयोजक सरोज सापकोटाले जानकारी दिए ।

चलचित्र महोत्सवमा सहभागिता जनाउन एक सयभन्दा बढी देशका ९ सय चलचित्रले आवेदन दिएका थिए । आवेदनमध्येबाट ४३ वटा चलचित्र छनोट गरिएको पोखरा फिल्म सोसाइटीका उपाध्यक्ष जितेश प्रधानले बताए ।

महोत्सवमा वृत्तचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेसन चलचित्रलगायत समेटिएका छन् ।

समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई मात्र महोत्वसमा समावेश गरिएको सोसाइटीका महासचिव विष्णु सापकोटाले बताए । उनले भने, ‘नेपालको विषयवस्तुलाई उठाएका विदेशी चलचित्रहरुलाई महोत्वसमा छनोट गरिएको छ । ’

महोत्सवमा २५ नेपाली र १७ विदेशी चलचित्र प्रदर्शन हुनेछन् ।

सुदुरपश्चिमको कथा समेटिएको नेपाली सर्ट फिल्म ‘जालगेडी’ बाट महोत्सव शुरु हुनेछ । महोत्सवमा नेपाली चलचित्र तुइनको प्रिमिएर समेत गरिनेछ । महोत्सवमा पोखराका दुईवटा चलचित्रसमेत समावेश गरिएका छन् ।

महोत्सको पहिलो दिनमा १० चलचित्र, दोस्रो दिन २० र तेस्रो दिनमा १३ वटा चलचित्रहरु प्रदर्शन हुनेछन । महोत्सव हरेक दिन बिहान १० देखि बेलुका ६ः०० बजेसम्म चल्नेछ ।

महोत्सवको दोस्रो दिन नेपाली चलचित्रमा जनजातिको चित्रण विषयक छलफल तथा अन्तक्र्रिया कार्यक्रम हुनेछ । अन्तक्र्रियामा राजेश गोंगजु, माओत्से गुरुङ, नवीन सुब्बा र अनुप सुवेदीको सहभागिता रहनेछ । महोत्सवमा नेपाल र विदेशबाट गरि एक सयभन्दा बढी चलचित्रकर्मीको सहभागिता रहनेछ ।

महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा लेखनाथ महानगरपालिकाले सहयोग गरेका छन् ।

युवराज श्रेष्ठ, पोखरा

 

प्रतिकृया दिनुहोस