समाचारशुक्रबार, २९ मंसिर , २०७४

कम्युनिष्ट सरकारले आर्थिक क्रान्ति ल्याउँछः नेता नेपाल

हिमालखबर

एमाले वरिष्ठ नेता माधव नेपालले कम्युनिष्टको सरकार बनेपछि तानाशाही व्यवस्था आउला भन्ने नठान्न आग्रह गरेका छन् ।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले विगतमा पनि कम्युनिष्टबारे विभिन्न भ्रम फैलाइएको र ती गलत सावित भएको बताए ।

जनताले देश विकासका लागि वाम गठबन्धनलाई रोजेका कारण अब आर्थिक क्रान्ति हुने उनको दाबी छ ।

प्रतिपक्षी लगायत समाजका सबै तप्कासँग सुमधुर सम्बन्ध राखेर देश निर्माणमा अगाडि बढ्ने उनले बताए ।

नेपाली कांग्रेसले गणतन्त्रको स्थापना, संविधान निर्माण लगायत मुलुकको विकास र लोकतन्त्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालले कांग्रेससँग हातेमालो गर्दै अगाडि बढने पनि बताए ।

उनले बाम गठबन्धनले निकटका दुबै छिमेकी देशसँगको सम्बन्धलाई नयाँ उचाइँमा पुर्‍याउन चाहेको बताएका थिए ।

कार्यक्रममा पूर्व सांसद विचारी यादव, राजकुमार गुप्ता, नेता शम्भु गुप्ता लगायतको उपस्थिति थियो ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस