अर्थ/बजारबिहिवार, मंसिर २८, २०७४

साञ्जेन जलविद्युत्‌काे ८७ लाख ६० हजार कित्ता शेयर आउँदै

हिमालखबर

साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले साञ्जेनलाई साधारण शेयर निष्काशनको अनुमति दिएको हो ।

बोर्डबाट स्वीकृति पाएको ६० दिनभित्र पहिलो चरणमा सञ्चय कोषका कर्मचारी र सञ्चयकर्ता लगायतलाई साधारण शेयर जारी हुनेछ । सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत, कर्मचारीका लागि एक प्रतिशत र साञ्जेन जलविद्युत् कम्पनीमा कार्यरत कर्मचारीका लागि ३.५ प्रतिशत शेयर बिक्री गरिनेछ ।

दोस्रो चरणमा स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले रसुवामा ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रासस

प्रतिकृया दिनुहोस