समाचारबिहिबार, २८ मंसिर , २०७४

विराट मेडिकल कलेजद्वारा बढी विद्यार्थी भर्ना

हिमालखबर

विराटनगरको विराट मेडिकल कलेजले एमबीबीएसमा नेपाल मेडिकल काउन्सिलले तोकेकोभन्दा बढी सिटमा विद्यार्थी भर्ना गरेको छ ।

विराट मेडिकल कलेज ।

काउन्सिलले तोकेको ६५ सिटभन्दा विराटले १० सिट बढी भर्ना लिएपछि मेडिकल शिक्षा सम्बन्धि अध्ययन गर्न गठित चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले काठमाडौं विश्वविद्यालय (केयू) सँग स्पष्टिकरण सोधेको छ ।

बढी विद्यार्थी भर्ना गरेको उजुरी परेपछि आयोगले तीन दिन अघि केयूलाई पत्र पठाएर स्पष्टिकरण सोधेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । तर, केयूले आजसम्म कुनै जवाफ दिएको छैन् ।

अध्यक्ष कार्कीले बढी सिटमा भर्ना लिँदा विद्यार्थीको दर्ता प्रक्रियामा नै समस्या पर्ने बताएका छन् ।

रामु सापकोटा

प्रतिकृया दिनुहोस