समाचारबिहिबार, २८ मंसिर , २०७४

म्यादी प्रहरी आन्दोलनमा, वीरगञ्जमा तीन घण्टा चक्काजाम

हिमालखबर

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटिएका पर्साका म्यादी प्रहरी आन्दोलनमा उत्रिएका छन् ।

तस्वीरहरु: जियालाल साह

सरकारले तोकेकोभन्दा कम तलब जिल्ला प्रहरी कार्यालय पर्साले दिन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।

आन्दोलनमा उत्रिएका म्यादी प्रहरीहरुले आज दिउँसो वीरगञ्जको घण्टाघर चोकमा करीब तीन घण्टा चक्काजाम गरेका थिए । आन्दोलनमा रहेका म्यादी प्रहरीमाथि नेपाल प्रहरीले लाठी चार्ज गरेर जाम खुलाएको थियो । आन्दोलनमा संलग्न १५ जना म्यादी पक्राउ परेका छन् ।

सरकारले म्यादी प्रहरीहरुलाई ६१ हजार दिने भनेपनि पर्सामा ४८ हजार मात्रै दिन लागेको उनीहरुको आरोप छ ।

५५ दिनका लागि खटाइने म्यादी प्रहरीहरुले पहिलो किस्ता बापत २० हजार पाइसकेका छन् ।

जियालाल साह, पर्सा

प्रतिकृया दिनुहोस