खेलकुदबिहिवार, मंसिर २८, २०७४

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

हिमालखबर

एसिसि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले म्यानमारलाई विशाल रन अन्तरले पराजित गरेको छ । थाईल्याण्डमा २८ मंसीरमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल ३ सय ३७ रनले विजयी भएको हो ।

टस जितेर ब्याटीङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ३ सय ५० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटीङमा उत्रेको म्यानमारले ११.३ ओभरमा सवै विकेट गुमाएर जम्मा १३ रन जोड्यो ।

म्यानमारलाई सस्तैमा समेट्ने क्रममा नारायण जोशी र मेघबहादुरसेन थापाले समान चार–चार विकेट लिए । यु–१६ टीम नेपालका कप्तान रित गौतमले ७८ बलमा नटआउट १ सय ६ रन जोडे ।

यसअघि नै सेमिफाइनल पुगिसकेको नेपालले अन्तिम खेलमा जित निकालेपछि समूह विजेता बनेको छ । नेपालले आयोजक थाइल्याण्ड र हङकङलाई पनि पराजित गरेको थियो । समूह ए बाट हङकङ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।

समूह बी बाट सिंगापुर र मलेसिया सेमिफाइनलमा पुगेको छ ।

 

प्रतिकृया दिनुहोस