समाचारबिहिबार, २८ मंसिर , २०७४

समानुपातिकको मतगणना जारी, एमाले अग्रस्थानमा

हिमालखबर

१० र २१ मंसीरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ ।

दुबै चरणकाे निर्वाचनमा कूल १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो ।

हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।

प्रत्यक्षतर्फको मतगणना २७ मंसीरमा सम्पन्न भइसकेको छ । प्रत्यक्षतर्फबाट कूल ९ वटा राजनीतिक दलले संसदमा प्रतिनिधित्व गर्न पाउने भएका छन् ।

प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद् चयन गर्नको लागि भने दलहरुले कूल सदर मतको ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ ।

समानुपातिकमा भाग लिएका ४९ दलमध्ये हालसम्म १४ वटा राजनीतिक दलको मत एक हजारभन्दा कम छ ।

हालसम्म दलहरुलाई प्राप्त समानुपातिक मतको विवरणः
नेकपा एमाले २६,६१,८३५
नेपाली कांग्रेस २५,७५,४११
नेकपा माओवादी केन्द्र १०,६७,२०६
संघीय समाजवादी फोरम ३,६२,७६९
राष्ट्रिय जनता पार्टी ३,०६,८६५
राष्ट्रिय प्रजातन्त्र पार्टी १,७६,९२१
विवेकशील साझा पार्टी १,७५,४३७
नयाँ शक्ति पार्टी ६९,८५०
राप्रपा प्रजातान्त्रिक ६४,२५१
नेपाल मजदुर किसान पार्टी ५०,६१२

 

प्रतिकृया दिनुहोस