समाचारबुधबार, २७ मंसिर , २०७४

सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन

हिमालखबर

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी भ्रष्टाचार निवारण ऐन २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

यसअघि २८ असार र २४ कात्तिकमा स्थानीय तहका प्रतिनिधिलाई सम्पत्ति विवरण पेश गर्न परिपत्र गरे पनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको थिएन ।

सात दिनभित्र सम्पत्ति विवरण पेश नगरे कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस