समाचारबुधबार, २७ मंसिर , २०७४

फोरमको विजयी जुलुसमा झडप, चार प्रहरी घाइते

हिमालखबर

बारा क्षेत्र नम्बर–२ बाट प्रदेश र प्रतिनिधिसभामा निर्वाचित संघीय समाजवादी फोरम नेपालको विजयी जुलुसमा झडप भएको छ ।

पचरौता नगरपालिका–४ बेलदारीमा फोरम नेपालको विजयी जुलुसलाई कांग्रेसका कार्यकर्ताले हो–हल्ला नगरी विजयी जुलुस गर्न आग्रह गरेपछि झडप भएको हो ।

झडपमा परी चार प्रहरी घाइते भएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्याँस र हवाई फायर गरेको बाराका प्रमुख जिल्ला अधिकारी विजय मानन्धरले जानकारी दिए ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहाय यादव सहित निस्किएको जुलुसलाई कांग्रेस कार्यकर्ताले अवरोध गरेको संघीय फोरमका कार्यकर्ताको आरोप छ ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस