समाचारबुधबार, २७ मंसिर , २०७४

सुनसरी–३ बाट विजयकुमार गच्छदार निर्वाचित

हिमालखबर

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार निर्वाचित भएका छन् ।

गच्छदारले ३८,९७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भगवती चौधरीले ३८,६५१ मत प्राप्त गरेकी छन् ।

गच्छदार र चौधरीबीच ३२१ को मतान्तर छ ।

गच्छदार निर्वाचित भएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभामा नेपाली कांग्रेसको सिट संख्या २३ पुगेको छ ।

प्रतिकृया दिनुहोस