समाचारबुधबार, २७ मंसिर , २०७४

समानुपातिकमा एमाले अगाडि, दोस्रोमा कांग्रेस

हिमालखबर

जारी समानुपातिकको मतगणनामा नेकपा एमाले अग्रस्थानमा रहेको छ ।

प्रत्यक्षतर्फ ठूलो मतान्तरले तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस समानुपातिकमा भने एमालेलाई थोरै मतान्तरले पछ्याउँदै दोस्रोमा छ । 

प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको माओवादी केन्द्र समानुपातिकमा भने तेस्रो स्थानमा छ ।

१० र २१ मंसीरमा दुई चरणमा भएको निर्वाचनमा १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो । हालसम्म गणना भएको ५३ लाख ९१ हजार ७२० (सदर मत) मध्ये दलहरुलाई प्राप्त मतको विवरणः

नेकपा एमाले १९,५६,६०६
नेपाली कांग्रेस १८,६६,२९५
नेकपा माओवादी केन्द्र ७,५६,३८३
संघीय समाजवादी फोरम २,४३,६३६
राष्ट्रिय जनता पार्टी १,८१,८९२
राष्ट्रिय प्रजातन्त्र पार्टी १,३०,७२०
विवेकशील साझा पार्टी १,२२,१२६
नयाँ शक्ति पार्टी ५५,३८३
राप्रपा प्रजातान्त्रिक ४३,७३५
राष्ट्रिय जनमोर्चा ३४,९४४

 

प्रतिकृया दिनुहोस