समानुपातिकमा हालसम्म कसको कति मत ?
प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा अत्याधिकस्थानमा विजयी हासिल गरेको नेकपा (एमाले)ले समानुपातिकमा पनि अग्रता कायम गरेको छ । २६ मंसीर विहानसम्मको परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छ ।
समानुपातिकबाट प्रतिनिधिसभामा ११० सांसद् निर्वाचित हुनेछन् । समानुपातिकतर्फ कम्तिमा तीन प्रतिशत मत प्राप्त गरेको पार्टीले मात्रै सांसद् पठाउन पाउने व्यवस्था छ ।
पार्टी र प्राप्त मत
एमाले १०८५०८९
काँग्रेस १०१०५०४
माओवादी केन्द्र ४४४१४९
संघीय फोरम ७६९४७
विवेकशील साझा ६१६७१
राप्रपा ५६८२९
राजपा ५१६५४
नयाँ शक्ति ३३६९८
जनमोर्चा २६१२६
राप्रपा प्रजातान्त्रिक २३२३३
अन्य ८२३३८