रमेश लेखकलाई २५८ मतले हराउँदै एमालेका भट्ट निर्वाचित
कञ्चनपुर क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता रमेश लेखकलाई २५८ मतान्तरले हराउँदै एमालेका दीपकप्रसाद भट्ट निर्वाचित भएका छन् ।
वाम गठबन्धनका उम्मेदवार भट्टले २६,३६४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लेखकले २६,१०६ मत पाएका छन् ।