काठमाडौं–५ का दुवै प्रदेशमा एमाले निर्वाचित
काठमाडौं क्षेत्र नम्बर ५ का दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
क्षेत्र नं ५ ‘क’ मा नेकपा एमालेका नारायणबहादुर सिलवाल ७,७९० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी रमा पौडेलले ४,३०९ मत प्राप्त गरेकी छन् ।
त्यस्तै क्षेत्र ‘ख’ मा पनि एमालेकै दीपक निरौला निर्वाचित भएका छन् ।
निरौलाले १३,७६९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी रमेशकुमार खड्काले ९,५२४ मत पाएका छन् ।