विजयी र्यालीबाट फर्कदा सवारी दुर्घटनामा परी मृत्यु
नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।
नुवाकोटको विदुरमा वाम गठबन्धनले निकालेको विजयी र्यालीमा सहभागी भएर फर्कदा मोटरसाइकल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले चलाएको बा २८ प २१९४ नंं को मोटरसाइकल सडकबाट २०० मिटर तल पुगेको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । रासस