सिराहा–१ बाट कांग्रेस नेता प्रदीप गिरी निर्वाचित
सिराहा क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रदीप गिरी निर्वाचित भएका छन् ।
गिरीले २३,९५१ मत प्राप्त गरेका छन् । उनले प्रतिस्पर्धी एमालेका गंगाप्रसाद यादवलाई २,५८० मतको अन्तरले पराजित गरे । यादवले २१,३७१ मत पाएका छन् ।