माओवादी अध्यक्ष दाहाल विजयी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ४८ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन ।
दाहाललाई पछ्याईरहेका वन तथा भूसंरक्षण मन्त्री समेत रहेका राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले ३८ हजार ९३५ भोट पाए ।