चितवन ३ मा दाहालको १० हजार बढी मतले अग्रता
चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १०,१०७ मतले अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार वाम गठबन्धनका उम्मेदवार दाहालले ४३,०१८ मत प्राप्त गरेका छन् ।
दाहालका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका नेता एवं लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले ३२,९११ मत प्राप्त गरेका छन् ।