सुमन श्रेष्ठ पाटन जेसीजको अध्यक्षमा निर्वाचित
१९७० मा स्थापित नेपालकै पुरानो शाखा पाटन जेसीजको ३१औँ शाखा अधिवेशन तथा ४७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले सन् २०१८ को लागि जेसी सुमन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जेसी मिजास चित्रकार, उपाध्यक्षमा जेसी इनिलज श्रेष्ठ, जेसी रोजिना थापा, जेसी रोनिस पराजुली र जेसी रेगन महर्जन पनि निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा पाटन जेसीजलाई अझै सशक्त रुपमा अगाडि बढाउने बताएका छन् ।