सल्यानबाट वाम गठबन्धनका टेकबहादुर बस्नेत निर्वाचित
एउटा मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा वाम गठबन्धनका उम्मेदवार टेकबहादुर बस्नेत निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका नेता बस्नेतले ४०,८९७ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाहले २९,६६७ मत पाएका छन् ।