कपिलवस्तु १ बाट दीपकुमारलाई हराउँदै चक्रपाणि निर्वाचित
कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाल निर्वाचित भएका छन् ।
खनालले २९,७९९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले २८,८५३ मत प्राप्त गरे ।
क्षेत्र नं. २ मा एमालेका बृजेशकुमार गुप्ता र क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह यसअघि नै निर्वाचित भइसकेका छन् ।
प्रदेश तर्फ, प्रदेशसभा १ (क) मा एमालेका विष्णु पन्थी र १ (ख) मा संघीय समाजवादी फोरमका सहसराम यादव निर्वाचित भएका छन् ।
प्रदेश सभा २ (क) मा एमालेका दीर्घनारायण पाण्डेय र प्रदेश सभा २ (ख) मा धरम बहादुरलाल श्रीवास्तव निर्वाचित भएका छन् ।
प्रदेश सभा ३ (क) मा पनि बाम गठबन्धनकै अर्जुन केसी र ३ (ख) विरेन्द्र कुमार कनौडिया विजयी बनेका छन् ।