वामदेव गौतम ७५८ मतान्तरले पराजित
बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई हराउँदै नेपाली कांग्रेसका सञ्जयकुमार गौतम निर्वाचित भएका छन् ।
कांग्रेस उम्मेदवार सञ्जयकुमार गौतमले ४४,८३४ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमले ४४,०७६ मत पाएका छन् ।
सञ्जयकुमार गौतम र वामदेव गौतमबीच ७५८ को मतान्तर छ ।