रामचन्द्र पौडेललाई हराउँदै कृष्णकुमार श्रेष्ठ तनहुँ–१ बाट निर्वाचित
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउँदै एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् ।
श्रेष्ठले ३४,४९२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र पौडेलले २७,६९० मत पाएका छन् ।
श्रेष्ठ र पौडेलबीच ६,८०२ मतको अन्तर रहेको छ ।