वामदेव गौतम करीब दुई हजार मतले पछाडि
बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार एमाले नेता वामदेव गौतम दुई हजार मतले पछि परेका छन् ।
जारी मतगणनामा कांग्रेस उम्मेदवार सञ्जयकुमार गौतमले ४१,७११ मत प्राप्त गरेका छन् भने वामदेव गौतमले ३९,७८३ मत ल्याएका छन् ।
सञ्जयकुमार गौतम र वामदेव गौतमबीच १,९२८ मतको अन्तर रहेको छ ।