राजेन्द्र लिङ्देनले हराए कृष्ण सिटौलालाई
नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै झापा क्षेत्र नम्बर–३ बाट राप्रपा नेता राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।
वाम गठबन्धनको समर्थन पाएका लिङ्देनले ४४,६१४ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी सिटौलाले ३१,१५६ मत पाएका छन् ।