कैलाली ५ बाट नारदमुनि निर्वाचित
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार नारदमुनि राना निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाभन्दा ४,८८० बढी मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
रानाले २७,२०२ मत प्राप्त गरे भने राणाले २२,३२२ मत प्राप्त गरिन् ।