भीम रावल चार हजार मतले अगाडि
एमाले नेता भीम रावलले प्रतिस्पर्धीलाई चार हजार बढी मतले ‘लिड’ गरिरहेका छन् ।
पछिल्लो अपडेटअनुसार अछाम क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका उम्मेदवार रावलले १४,३५७ मत प्राप्त गरेका छन् ।
रावलका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १०,१९२ मत पाएका छन् ।
रावल र स्वाँरबीचको मतान्तर ४,१६२ छ ।