देउवा डडेलधुराबाट निर्वाचित
कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका छन् ।
देउवाले प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई ६,९२९ मतान्तरले पराजित गरेका छन् ।
देउवाले २८,०४४ मत ल्याएका छन् भने भट्टले २१,११५ मत प्राप्त गरेका छन् ।