कास्की ३ बाट एमालेका विश्वकर्मा निर्वाचित
कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार जगत विश्वकर्मा निर्वाचित भएका छन् ।
विश्वकर्माले ३२,६९० मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शुक्रराज शर्माले २४,१६४ मत प्राप्त गरे ।