गोकर्ण विष्ट १४ हजार मतान्तरले निर्वाचित
नेकपा एमालेका नेता गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट भारी मतान्तरले निर्वाचित भएका छन् ।
विष्टले ३४,६१८ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसीले २०,१५७ मत पाएका छन् ।
विष्ट र केसीबीचको मतान्तर १४,४६१ रहेको छ ।