कैलाली ५ मा रानाको अग्रता कायमै, पछ्याउँदै राणा
कैलाली ५ मा एमालेका नारदमुनि रानाले हालसम्म ११,०५६ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।
नेपाली कांग्रेसकी आरजु राणाले ९,७३४ मत प्राप्त गरेकी छन् भने राजपाका लक्ष्मण चौधरीले ३,७७० मत प्राप्त गरेका छन् ।
कैलालीका अन्य क्षेत्रमा जारी मतगणनाको हालसम्म प्राप्त परिणाम यस्तो छः
कैलाली: १
रेशम चौधरी, राजपा: ४२११
गरिमा शाह, एमाले: १०४१
ईश्वरी न्यौपाने, नेका: ६१६
कैलाली २
झपट रावल, एमाले: ६७१
मोहनसिंह राठौर, नेपाली कांग्रेस: ३६४
कैलाली: ३
रामजनम चौधरी, नेपाली कांग्रेस: ४०४१
गौरीशंकर चौधरी, माओवादी केन्द्र: ४९३२
मिना चौधरी, राजपा: ६६९
कैलाली: ४
लेखराज भट्ट, माओवादी केन्द्र : ८५०३
सुनील भण्डारी, नेपाली कांग्रेस: ५५२२