मोरङ–५ मा माओवादीका शिवकुमार मण्डल निर्वाचित
मोरङ क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका नेता शिवकुमार मण्डल निर्वाचित भएका छन् ।
मण्डलले २२,९४५ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृत अर्यालले १९,१५३ मत प्राप्त गरेका छन् ।
मोरङका छ मध्ये पाँच क्षेत्रमा वाम गठबन्धन र एक क्षेत्रमा कांग्रेस निर्वाचित भएको छ ।
कमल रिमाल, विराटनगर