माधवकुमार नेपाल दश हजार बढी मतले अगाडि
काठमाडौं क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार माधवकुमार नेपाल प्रतिस्पर्धीभन्दा १०,३८९ मतले अगाडि रहेका छन् ।
पछिल्लो अपडेटअनुसार माधवकुमार नेपालले २३,६३४ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले १३,२४५ मत पाएका छन् ।
साझा विवेकशीलका उम्मेदवार डा. सूर्यराज आचार्यले ६,६३१ मत पाएका छन् ।
कूल ५३,१४० मध्ये अहिलेसम्म ४६,५५८ मत गणना भइसकेको छ ।