मोरङ–४ मा महेश आचार्यलाई हराउँदै मोदी निर्वाचित
मोरङ क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भएका छन् ।
मोदीले कांग्रेस नेता महेश आचार्यलाई ६,७२९ मतले पराजित गरेका छन् ।
मोदीले ३३,५२९ मत पाएका छन् भने आचार्यले २६,८०० मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा ७१,०५८ मत खसेको थियो ।
कमल रिमाल, विराटनगर