मोरङका ६ मध्ये एक क्षेत्रमा मात्रै कांग्रेसको अग्रता
मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा एमाले निर्वाचित भएको छ । गणना भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये पनि दुई क्षेत्रमा माओवादी केन्द्रले अग्रता लिएको छ ।
कांग्रेसको गढ मानिने मोरङको एउटा निर्वाचन क्षेत्रमा मात्रै कांग्रेस झिनो मतान्तरले अगाडि छ ।
पछिल्लो अपडेटअनुसार क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार मिनेन्द्र रिजाल ६६० मतान्तरले प्रतिस्पर्धीभन्दा अगाडि छन् ।
रिजालले २४,५७५ मत प्राप्त गर्दा एमालेका ऋषिकेश पोखरेलले २३,९१५ मत पाएका छन् ।
क्षेत्र नम्बर ४ र ५ मा भने वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवाहरुले अग्रता लिइरहेका छन् ।
क्षेत्र नं. ५ मा माओवादीका शिवकुमार मण्डलले १५,७७७ मत प्राप्त गर्दा कांग्रेसका अमृत अर्यालले १३,४४५ मत पाएका छन् । तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका राजकुमार यादवले १२,७०८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर–४ मा माओवादीका अमन मोदीले २३,२५८ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका महेश आचार्यले २०,३४४ मत पाएका छन् ।
कमल रिमाल, विराटनगर