माधवकुमार नेपालको फराकिलो अग्रता
काठमाडौं क्षेत्र नम्बर २ मा एमाले नेता माधवकुमार नेपालले फराकिलो अग्रता लिएका छन् ।
अहिलेसम्म ३८,१४० मत गणना हुँदा नेपालले १९,१८० मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक कुइँकेलले १०,७५६ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका विवेकशील साझाका डा. सूर्यराज आचार्यले ५,६६५ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नम्बर–२ मा ५३,१४० मत खसेको थियो ।