रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमाले, दुईमा कांग्रेस अगाडि
रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीनमा एमाले र दुई क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् ।
जारी मतगणनाअनुसार क्षेत्र नम्बर १ मा एमालेका छबिलाल विश्वकर्माले ८,८९९ मत ल्याएका छन् । कांग्रेसका अब्बुल रज्जाकले ६,८११ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार बिष्णु पौडेलले २०,१०४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज गिरीले ८,८७१ मत पाएका छन् ।
क्षेत्र नम्बर ३ मा एमालेकै घनश्याम भुसालको १२,८७० मत छ । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका दीपक बोहोराले ११,०८५ मत पाएका छन् ।
क्षेत्र नम्बर ४ मा भने कांग्रेसका प्रमोदकुमार यादवले १२,११८ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । राजपाका सर्वेन्द्रनाथ शुक्लले ७,२६४ मतका साथ यादवलाई पछ्याउँदै छन् ।
रुपन्देही क्षेत्र नम्बर ५ मा कांग्रेसका भरतकुमार साहले १२,४८२ र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डिलाराम आचार्यले ७,८०७ मत ल्याएका छन् ।
दीपक ज्ञवाली, बुटवल