काठमाडौं–४ बाट गगन थापा निर्वाचित
काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका युवा नेता गगन थापा सांसद निर्वाचित भएका छन् ।
थापाले वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका एमाले नेता डा. राजन भट्टराईलाई ३,४१८ मतान्तरले पराजित गरेका छन् ।
गगन थापा (नेपाली कांग्रेस): २१,५५८
डा. राजन भट्टराई (वाम गठबन्धन): १८,१४०
सुबुना बस्नेत (विवेकशील साझा): ३,०४०