रसुवाबाट कांग्रेसका आचार्य निर्वाचित
रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् ।
आचार्यले निकटतम प्रतिद्वन्द्वी एमालेका जनार्दन ढकालभन्दा ४,१७५ बढी मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
आचार्यले १४,७३५ मत प्राप्त गरे भने ढकालले १०,५६० मत प्राप्त गरे ।