कांग्रेसले खाता खोल्यो, काठमाडौं १ बाट प्रकाशमान निर्वाचित
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् ।
सिंहले १०,९३६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विवेकशील साझाका रवीन्द्र मिश्रले १०,२१७ मत प्राप्त गरे ।
प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म प्राप्त परिणाममध्ये नेपाली कांग्रेसबाट निर्वाचित हुने उम्मेदवारमा सिंह पहिलो हुन् ।